दफा २९
गिरफ्तारी र हिरासतमा राख्ने
:
(१) परिच्छेद–५ अन्तर्गतको कुनै कसूरको अभियोग लागेको कुनै सशस्त्र प्रहरीलाई निजभन्दा माथिको जुनसुकै दर्जाको सशस्त्र प्रहरी अधिकृतको आदेशले गिरफ्तार गरी हिरासतमा राख्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम हिरासतमा राख्नु भन्दा अघि त्यस्तो सशस्त्र प्रहरीलाई निःशस्त्र गरिनेछ ।
(३) उपदफा (१) बमोजिम गिरफ्तार गरी हिरासतमा राखिएकोमा त्यसकोसूचना यथाशक्य चाँडो अभियुक्त कार्यरत रहेको निकायको प्रमुख र सशस्त्र प्रहरीमहानिरीक्षकलाई दिनु पर्नेछ ।